शुक्रबार, वैशाख १४, २०८१

‘नक्कली’ लाइसेन्स बनाउने एक युवक पक्राउ

मेरोन्यूज २०७८ असार १८ गते १४:२८

काठमाडौं । ‘नक्कली’ सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई बिहीबार पक्राउ गरेको हो ।

लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया