शुक्रबार, चैत १६, २०८०

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु लाजमर्दो : प्रधानमन्त्री ओली

मेरोन्यूज २०७८ असार १८ गते १३:१७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नेता जानु लाजमर्दो भएको बताए । पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताउदै उनले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नेता जानु लाजमर्दो हो । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

उनले सर्वोच्च अदालतका पछिल्ला अदेशप्रति असन्तुष्टि व्यक्त रेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको उनले बताए ।

Advertisement

प्रतिक्रिया