शुक्रबार, चैत १६, २०८०

सभामुख निवासमा प्रचण्ड-नेपालको भलाकुसरी

मेरोन्यूज २०७८ असार १८ गते ११:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधव नेपाललाई आफैले टेलिफोन गरेर आग्रह गरेपनि नेपाल पक्ष बैठकमा नजाने भएको छ । वरु नेपालले विपक्षी गठवन्धनका नेताहरुसँगको भेटघाट लाई भने रोकेका छैनन ।

उनले विपक्षी गठवन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको भेटवार्तालाई निरन्तरता दिईरहेका छन् । आजै विहान पनि झमझम पानी परिरहेका बेला सभामुख अग्नि सापकोटाको लैनचौरस्थित निवासमा प्रचण्ड, माधव नेपाल लगायत नेताहरुको जमघट भएको छ । त्यहाँ प्रचण्ड , नेपाल लगायत नेताहरुको भलाकुसरी भएको सभामुखको नीजि सचिवालय स्रोतले बताएको छ ।

बैठक केही बेर अगाडी मात्रै सकिएको छ ।


बैठकमा नेताहरुले समसामायिक राजनीति, संघीय संसदअन्र्तगतको राष्ट्रिय सभा बैठक शुरु भएको विषय र एमालेभित्रको आन्तरिक राजनीतिका विषयमा केन्द्रीत रहेर कुराकानी भएको बताईएको छ ।

ओलीले पार्टी वैठक अगाडी भने माधव नेपालसँग भेटवार्ता नै गर्न चाहेका छन् । एमाले बैठक अहिले केही वेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । बैठकमा सहभागी हुन यस अगाडी मौन बस्दै आएका उपाध्यक्ष बामदेव गौतम भने वालुवाटार पुगिसकेका छन् ।

Advertisement

नेपाललाई पनि ओलीले चित्त नवुझेका कुरा बैठकमै आएर राख्न आग्रह गरेका थिए । तर नेपालले भने शीर्ष तहमा सम्वाद हुनुपर्ने र सवै विषयमा प्याकेज सहमति पहिले गर्नुपर्ने बताउादै आएका छन् ।

सोही कारण वैठक अगाडी नै पनि दुई नेतावीच भेटको प्रयास गराउन दुवै तर्फका युवा नेताहरु जुटिरहेका बेला नेपाल भने प्रचण्डसाग सभामुख निवास पुगेर भेटवार्ता सकेर निस्किएका हुन् ।

प्रतिक्रिया