बिहीबार, वैशाख १३, २०८१

आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने, सतर्क रहन महाशाखाको आग्रह

मेरोन्यूज २०७८ असार १८ गते ७:३१

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युनचापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,वागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारि वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखी मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक/दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा र एक/दुइ स्थानमा अति भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षासँगै नदीमा पानीको सतह बढ्ने तथा खोलामा बाढी आउने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया