शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफलः आषाढ १८ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ असार १८ गते ६:२०

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १८ गते शुक्रबार, आषाढ कृष्णपक्षको अष्टमी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । मनमा दुविधाको मात्रा धेरै बढ्न पुग्ने छ । बोलीमा कटुपना देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा स्थिरत रहने छ । आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ ।

वृष
चलाख व्यक्तित्व हुने छ । पेशागत जीवन र आम्दानीमा सकारात्मक नतिजा देखा पर्ने छ । पारीवारिक जीवनमा भने द्वन्दको वातावरण सृजना हुन पुग्ने छ । आम्दानीका लागि यात्रामा निस्कनु पर्ने हुन सक्छ ।

मिथुन
भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा धेरै हुन पुग्ने छ । रिस धेरै उठ्ने भएकाले यसलाई नियन्त्रण गर्न ध्यान दिनु होला । जीवनसाथिको साथका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । व्यक्तित्व दृढ बन्ने छ ।

कर्कट
मनोबलको कमि हुने छ भने मनमा दुविधात्मक सोचाईहरुले गर्दा अन्योलता उत्पन्न हुन पुग्ने छ । शारीरिक कमजोरीले सताउने छ । भाग्यको साथ रहेकाले धेरै हानि भइहाल्ने अवस्था नभएकाले डराई हाल्नु पर्ने समय रहेको छैन् । पेशागत जीवनमा गम्भीर अवरोध र जटिलताहरु आउने छन् ।

सिंह
पेशागत जीवन औसत रहने छ । मनोबलको पनि कमजोरी देखा पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । मनमा दुविधाले सताउने हुँदा निराशाजनक भावले पिरोल्ने छ । तरल पदार्थको कारोवारमा सक्रियहरुलाई समय धेर्य गरि पाईला चाल्नु पर्ने खालको छ ।

कन्या
भाग्यको साथ रहेकाले धेरै प्रतिकुलताबाट भने जोगाउने छ । आम्दानीका स्रोतहरुमा जटिलताहरु देखा पर्न जाने छन् । औसत रुपमा नियमित तवरले भइरहेका कामहरु रोकिन जाने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । धैर्य भएर पाईला चाल्नु पर्ने समय रहेको छ ।

तुला
भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने हुँदा हुँदै पनि आफुले खेलेको भुमिकाको उचित मुल्यांकन नहुँदा मनोबलमा कमि आउने छ । मनमा धेरै दुविधा आउने छन् । व्यापारिक क्षेत्रमा रहेकाहरुले धेरै जोखिमपूर्ण निर्णय लिने समय होइन् ।

वृश्चिक
सन्तानबाट सुख पनि प्राप्त हुने छ । पेशागत जीवनमा भने समस्याहरु देखा पर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । राजनीति, प्रशासन, ठेक्कापट्टा, कपडाको व्यापार आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई समय जोखिमपूर्ण रहेको छ ।

धनु
शारीरिक कमजोरीले सताउने छ भने मनोबलमा कमि आउने छ । घर परिवारमा द्वन्दको अवस्था देखिने छ । पर्यटन, होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर, खेल, सेक्युरिटि क्षेत्र, जलविद्युत क्षेत्रमा संलग्न रहेकाहरुलाई चुनौतिपूर्ण देखिन्छ ।

मकर
प्रतिष्पर्धात्मक स्वाभाव उच्च रहने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । कडा शैलीको व्यक्तित्व हुने छ । रिस पनि धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहनु होला । पेशागत जीवन औसत अवस्थामा रहने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् ।

कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा गिरावट देखा पर्ने छ । बौद्धिकताको मात्रामा भने बृद्धि हुने छ । तर सो अनुसारको अवसर प्राप्त नहुँदा मनमा निराशाको भावले सताउने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । व्यापार व्यवसायमा रहेकाहरुले धेरै लगानीको मात्रा नबढाउँदा उपयुक्त हुने छ ।

मीन
कामको शिलशिलामा विदेश यात्रामा जान चाहनेहरुका लागि समय अनुकुल बन्ने छ । नरम व्यक्तित्व हुने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । सितल खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । भाग्यको साथ नरहेकाले कर्मको मात्रा बढाउनु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया