शनिबार, वैशाख ८, २०८१

चेक दिएर फरार रामेछापका महत पक्राउ

मेरोन्यूज २०७८ असार १७ गते १९:१३

काठमाडाैं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका–७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महतलाई आज प्रहरीले पक्राउ गरेको छ ।

उनी विरुद्धको मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई १५ दिन कैद र रु ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कूल २० दिन कैद र ४८ लाख जरिवाना ठहर गरेको थियो ।

त्यसपछि उनी फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ जोरपाटीबाट पक्राउ गरेको जनाइएको छ ।

विसं २०७६ मा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसिसी बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडितलाई रु ४८ लाख रुपैँया बराबरको चेक दिएका थिए ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया