बिहीबार, वैशाख १३, २०८१

कांग्रेस पदाधिकारी बैठक शुक्रबार

मेरोन्यूज २०७८ असार १७ गते १८:३०

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै आज बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रबार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ । छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएकोे छ ।

कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्रतिक्रिया