शुक्रबार, वैशाख १४, २०८१

२४ घन्टामा २,७६० जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ असार १७ गते १६:५७


काठमाडौं । पछिल्लो २४ घन्टामा २७ सय ६० जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ नमूना परीक्षण गर्दा २७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घन्टामा ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।

प्रतिक्रिया