शुक्रबार, वैशाख १४, २०८१

राधेश्याम अधिकारीको प्रश्न : लकडाउन तोडेर निर्वाचनमा जान भनेको हो ? (मन्तव्यसहित)

मेरोन्यूज २०७८ असार १७ गते १६:५५


काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकार चुनाव गराउन हट गदैछ, चुनाबको घोषणा भइसकेको छ, के सरकार लकडाउन तोडेर निर्वाचनमा जान भनेको हो ? प्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बैठकमा बोल्दै अधिकारीले कोरोना संक्रमण कहिले नियन्त्रणमा आउँछ,सरकारको यसमा प्रक्षेपण के छ ? थप प्रश्न गरेका हुन् । आम नेपाली जनताले राणकालिन बडा हाकिमको शासन व्यहोर्नुपरेको छ । अहिले देश सिडियो मार्फत देश चलाईरहेको छ, यो कहिलेसम्म चलाईने हो ? उनले थप प्रश्न गरे ।
थप कोरोना खोप ल्यान नसक्नुले के दोखाउँछ भने हाम्रो कुटनिति प्रयास कस्तो रहेछ भनेर यसले उदाङ्गो पारेको उनको भनाई छ । उनले अहिले पनि कोरोना नियन्त्रण नआएको विज्ञहरुले बताइरहेका हुदाँ जोखिम पनि अझै उच्च रहेको छ । विज्ञानले कोरोनाको औषधि भनेकै खोप रहेको भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने थियो तर त्यो हुन सकिएन् ।

उनका अनुसार हामीलाई के हेक्का हुनुपर्छ भने राजनिति र सवैधानिक कुरा मिसिदाँ सर्वोच्च अदालत हिजोमा दिनमा हेरेको थियो भने आज पनि हेर्छ र भोली पनि हेर्छ । शिक्षामा त्यसै राजनिति थियो अहिले झनै बढेको छ ।

अधिकारीले राष्ट्रियसभाकाे बैठकमा व्यक्त मन्तव्यकाे पूर्णपाठः

प्रतिक्रिया