शुक्रबार, वैशाख १४, २०८१

पाँच विद्यार्थी संगठनको प्रर्दशन (तस्बिरहरु)

जुली गिरी २०७८ असार १७ गते १५:५९

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले पुत्ला दहनसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनी मार्गस्थित आरआर कलेज अगाडी उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ (नेवि.संघ) का तर्फबाट राजिब ढुङ्गानाको नेतृत्वमा, अखिल (क्रान्तिकारी), एमालेका माधव नेपाल पक्षका तर्फबाट सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहने छन् ।

उक्त प्रर्दशनमा प्रहरीले १ दर्जनभन्दा बढी विद्यार्थीहरुलाई पक्राउ गरी पुलिस क्लब लगेको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया