बुधबार, वैशाख १२, २०८१

महिलामाथि अश्लिल हर्कत गर्ने युवक पक्राउ

महिला पत्रकारको जाहेरीपछि पक्राउ परे सिरियल अपराधि

मेरोन्यूज २०७८ असार १७ गते १५:२२



काठमाडौं । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका-५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ ।

तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ । तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुव्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने ।

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए ।

तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन । तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

गत असार ४ गते भक्तपुरस्थित एक रेडियोमा काम गर्ने महिला पत्रकारलाई बिहान ६ बजेको समाचार पढ्न रेडियोतर्फ आउँदै गरेका अरनिको राजमार्ग सूर्यविनायक नजिकै पुग्दा आरोपी तामाङ्ले उनलाई अभद्र व्यवहार देखाएका थिए । ति महिला पत्रकारले प्रतिकार गर्दै आफ्नो मोबाइल निकालेर तस्बिर लिन खोजेपछि युवक फरार भएका र्थिए ।

त्यसपछि महिला पत्रकारले प्रहरीमा उजुरी दिएकी थिईन । पत्रकारको जाहेरीको आधारमा असार १५ गते उजुरीमा उल्लेख भए अनुसारको हुलिया भएको तामाङ भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक भत्केको पाटीबाट पक्राउ परेका हुन् ।

प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ ।

प्रतिक्रिया