बुधबार, वैशाख १२, २०८१

भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई

मेरोन्यूज २०७८ असार १७ गते १४:४६

काठमाडौं । यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पु¥याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि एक लाख २५ हजार रहने छ ।

त्यस्तै यस वर्षको गोपाल पाँडे असीम पुरस्कार विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने हरि मञ्जुश्रीलाई प्रदान गरिने भएको छ । सो पुरस्कार भने आगामी साउन ३२ गते परिषद्को ७१ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि ५० हजार रहने छ । अध्यक्ष रमा शर्माका सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।

परिषद्बाट आदिकवि पुरस्कार २०५२ र असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । साथै राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २०८ औँ जयन्तीका अवसरमा असार २९ गते बिहान भानु मावि रानीपोखरी अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पणको कार्यक्रम पनि रहेको सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए ।

प्रतिक्रिया