शुक्रबार, चैत १६, २०८०

राष्ट्रियसभामा १२ वटा अध्यादेश पेश हुँदै, विपक्षी दल विरोधमा उत्रने

मेरोन्यूज २०७८ असार १७ गते १३:३२

काठमाडौं । आज राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने बस्दैछ । उक्त बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने भएको छ ।

सरकारले पेश गर्ने तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ को बिरोध नगरे पनि अन्य अध्यादेशको विपक्षी दलले बिरोध गर्ने तयारी गरेको छ ।
राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एमालेका ३२ सांसद छन् । माओवादी केन्द्रका १५ जना सांसद छन् । यस्तै कांग्रेसबाट ७ जना छन् भने जसपाबाट ५ सांसद छन् ।
यी हुन् सरकारले राष्ट्रिय सभामा प्रस्तुत गर्न लागेका अध्यादेश

–सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८

–संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७

– शपथ सम्बन्धी अध्यादेश, २०७८

Advertisement

–नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८

–बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७

–नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८

–तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८

–फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८


–स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८

–यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

–कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८

–औषधि तेस्रो संशोधन अध्यादेश, २०७८

प्रतिक्रिया