शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीको मुल्य बढ्यो

मेरोन्यूज २०७८ असार १७ गते ११:४३

काठमाडौं । नेपाली बजाखरमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ८ सय बढेको छ ।

आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९० हजार ८ सय निर्धारण गरिएको छ । बुधबार सुन ९० हजारमा कारोबार भएको थियो । तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय कायम गरेको छ ।

प्रतितोला २० रूपैयाँ बढेको चाँदी १ हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया