मंगलबार, वैशाख ११, २०८१

आजको राशिफलः आषाढ १७ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ असार १७ गते ६:१४

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १७ गते बिहीबार, आषाढ कृष्णपक्षको सप्तमी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
मनमा दुविधा देखा पर्ने छ । अनावश्यक चिन्ताले सताउने छ । बोलीमा अलि कटुपना देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा भने स्थिरता हुने छ भने आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ ।

वृष
चलाख व्यक्तित्व हुने छ । पेशागत जीवन र आम्दानीमा सकारात्मक नतिजा देखा पर्ने छ । आम्दानीका लागि छोटो छोटो यात्रामा निस्कनु पर्ने हुन्छ । पारीवारिक जीवनमा भने कटुताको अवस्था सामना गर्नु पर्ने छ ।

मिथुन
दृढ व्यक्तित्व बन्न जाने छ । रिस नियन्त्रण गर्न भने ध्यान दिनु होला । जीवनसाथिको साथ र सहयोगका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा बढि देखा पर्ने छ । शिक्षण, शिक्षा क्षेत्र, बोडिङ्ग तथा कलेज, अध्यापन आदीमा सहभागिहरुलाई सकारात्मक रहेको छ ।

कर्कट
शारीरिक कमजोरीहरुले पनि पिरोल्ने छ । मनोबलको कमि हुने छ । दुविधात्मक सोचाईहरुले गर्दा अन्योल उत्पन्न गराई दिने छ । भाग्यको साथ रहेकाले धेरै हानि भइहाल्ने अवस्था नभएकाले डराई हाल्नु पर्ने समय पनि होइन । पेशागत जीवनमा भने गम्भीर अवरोध देखा पर्ने भएकाले सतर्कतासहित पाइला चाल्नु होला ।

सिंह
निराशाजनक भावले पिरोल्ने छ । मनमा दुविधाले सताउने छ । कोल्ड ड्रिङ्स, पानी, दुग्ध पदार्थ, मदिरा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय धैर्य रहनु पर्ने खालको छ । पेशागत जीवन औसत रहने छ । मनोबलको पनि कमजोरी देखा पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला ।

कन्या
पेशागत जीवनमा समस्याहरु आउने छन् । आम्दानीका स्रोतहरुमा अवरोधहरु देखा पर्ने हुँदा नियमित भइरहेका कमाईहरुमा बिलम्व वा अवरोधहरु देखा पर्ने छन् । धैर्य भएर रहनु पर्ने समय सक्रिय रहेको छ । भाग्यको साथ रहेकाले धेरै प्रतिकुलताबाट भने जोगाउने छ । पेशागत जीवनमा भने सकारात्मक नतिजा देखिने छ ।

तुला
मनमा दुविधाहरु एकपछि अर्काे गरि आउने हुँदा निर्णय क्षमताको अभाव हुने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने हुँदाहुँदै पनि निभाएको भुमिकाको उचित मुल्यांकन नहुँदा मनोबलको स्तरमा गिरावट आउने छ । भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । धेरै जोखिमपूर्ण निर्णय नलिँदा उचित हुने देखिन्छ ।

वृश्चिक
सन्तानबाट सुख पनि प्राप्त हुने छ । अध्ययन अध्यापनमा मन जाने छ । तर पेशागत जीवनमा भने समस्याहरु देखा पर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । ठेक्कापट्टा, राजनीति, प्रशासन, कपडाको व्यापार आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई समय जोखिमपूर्ण रहेको छ ।

धनु
शारीरिक कमजोरीले सताउने छ भने मनोबलमा पनि भारी गिरावट देखा पर्ने छ । घर परिवारमा द्वन्दको अवस्था निम्तिने छ । खासगरी पैतृक सम्पत्तिको प्रयोगका विषयमा कटुता आउने छ । जलविद्युत, होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर, खेल, सेक्युरिटि क्षेत्रमा संलग्नहरुका लागि समय चुनौतिपूर्ण रहेकाले धैर्यतापूर्वक मात्र कदम चाल्नु होला ।

मकर
रिस पनि धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहनु होला । कडा शैलीको व्यक्तित्व हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । पेशागत जीवन औसत रहने छ ।

कुम्भ
बौद्धिकतामा भने बृद्धि हुँदा हुँदै पनि सो अनुसार क्षमता प्रदर्शन गर्ने र प्रतिष्पर्धी बन्ने अवस्था भने देखा पर्दैन । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । पेशागत जीवनमा समस्याहरु आउने र आरोप प्रत्यारोप खेप्नु पर्ने भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला ।

मीन
नरमपना सहितको व्यक्तित्व देखा पर्ने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । सितल खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । पेशागत कार्यका लागि विदेश जान लागेकाहरुका हकमा भने ढोकाहरु खुल्ने छन् । भाग्यको साथ नरहेकाले कार्य अवरोधको सामना गर्नु पर्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया