बुधबार, वैशाख १२, २०८१

देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन (तस्वीरहरू)

जुली गिरी २०७८ असार १६ गते १७:५५

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार साँझ पाँच विद्यार्थी संगठनले देशभर पुत्ला दहनसहित प्रदर्शन गरेका छन् । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

आफ्नो अनुकुलताअनुसार देशका सबै जिल्लामा संगठनहरूको जिल्ला नेतृत्वमा प्रदर्शन भइरहेको अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), एमालेका माधव नेपाल पक्षका तर्फबाट सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहने छन् ।

उनीहरूले गत १४ गते देशभर प्रदर्शन गर्ने विज्ञप्ति निकालेर जानकारी दिएका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया