शुक्रबार, चैत १६, २०८०

युरोकपमा गोल्डेन बुटका दाबेदार को ? क्वाटरफाइनमा कुन कुन देश भिड्दै

आयुश राठौर २०७८ असार १६ गते १५:०९

काठमाडौँ । जारी १६ औँ युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । विभिन्न ११ शहरमा भएको खेलहरूबाट बेल्जियम, इटाली, इंग्ल्यान्ड, चेक रिपब्लिक, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क र युक्रेन अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।

तर, साविक विजेता पोर्चुगल, उपविजेता तथा विश्व विजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठूला टिमहरू अन्तिम १६ बाट नै बाहिरिएका हुन् । यसपटकको युरोकपमा हालसम्म ४४ खेल सम्पन्न भएको छ । जसमा एक सय २३ गोल भएको छ ।

एक सय २३ गोल हुँदा प्रतियोगिताबाट बाहिरिएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सबैभन्दा धेरै ५ गोल गरेका छन् । उनले ४ खेल खेल्दै ५ गोल गरी आफूलाई गोल्डेन बुट अवार्डको हकदार बनाएका छन् ।

यस्तै, चेक रिपब्लिकका प्याट्रिक शिकले रोनाल्डोलाई पछ्याइरहेका छन् । उनले ४ गोल गरेका छन् । उनले रोनाल्डोलाई पछि पार्ने मौका अझै बाँकी रहेको छ अर्थात उनको टिमले अझै प्रतियोगितामा रहेको छ ।

साथै इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ, बेल्जियमका रोमेलु लुकाकु र स्विट्जरल्याण्डका हरिस सेफेरोभिच पनि गोल्डेन बुटको हकदारमा छन् । उनीहरूले अहिलेसम्म ३ गोल गरिसकेका छन् । तर, फ्रान्सका करिम बेञ्जिमा, स्विडेनका इमिल फोर्सवर्गले ४ गोल गरे पनि गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् ।

Advertisement

गोल्डेन बुटका दाबेदार खेलाडीहरू

१, क्रिस्टियानो रोनाल्डो ५ गोल
२, प्याट्रिक शिक ४ गोल
३, रोमेलु लुकाकु ३ गोल
४, रहिम स्ट्रर्लिङ ३ गोल
५, हरिस सेफेरोभिच ३ गोल

यसैगरी यसपटकको युरोकप फुटबलमा क्वाटरफाइनलका खेलहरू आगामी शुक्रबारदेखि सुरु हुनेछ । यस्ता छन् । समीकरण :

शुक्रबार राति ९ः४५ बजे स्विट्जरल्याण्डविरुद्ध स्पेन
शुक्रबार राति १२ः४५ बजे बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ः४५ बजे चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ः४५ बजे युक्रेनविरुद्ध इंग्ल्यान्ड

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया