शुक्रबार, चैत १६, २०८०

कांग्रेसका क्रियाशील सदस्यतालाई नामावली जाँच गर्न आग्रह

मेरोन्यूज २०७८ असार १६ गते १२:३४

काठमाडौँ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराका क्रियाशील सदस्यतालाई आफ्नो नामावली जाँच गर्न अनुरोध गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले विज्ञप्ति निकाल्दै सदस्यताका लागि प्रस्ताव गरिएका नयाँ र नविकरणतर्फको नामावली जाँच गर्न भनिएको छ ।

सार्वजनिक गरेको नामावली उपर कुनै गुनासो वा उजुरी भए आगामी असार २० गतेभित्र पार्टीको आधिकारिक इमेल ठेगानामा उजुरी गर्न भनिएको छ । सार्वजनिक गरिएको वडा, पालिका, प्रदेश सभा र जिल्ला कार्यसमितिका सदस्यताले केही सुधार गर्नु परे आवश्यक कागजात पठाउन भनिएको छ ।

विज्ञप्ति :

प्रतिक्रिया