शुक्रबार, वैशाख ७, २०८१

विवादित मन्त्री श्रेष्ठले गरे गल्ती महसुस

मेरोन्यूज २०७८ असार १६ गते ११:४९

काठमाडौँ । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको झण्डावाल गाडीमा राखेपछि विवादमा आएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस गरेका बताइएको छ ।

जातीय विभेदलाई प्रश्रय दिएको आरोप मन्त्री श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको जानकारी दिएका हुन् । आयोग पदाधिकारीसँगको छलफलमा उनले गल्ती भएको बताउँदै आइन्दा यस्तो नगर्ने बताएका थिए ।

आयोगले जातीय प्रकरणमा मुछिएका मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको हो ।

प्रतिक्रिया