शनिबार, वैशाख १५, २०८१

माधव नेपाल पक्षसहित पाँच विद्यार्थी संगठनले प्रदर्शन गर्दै

मेरोन्यूज २०७८ असार १६ गते ११:३४

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आज बुधबार पाँच विद्यार्थी संगठनले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने भएको छ । आफ्नो अनुकुलताअनुसार सबै जिल्लामा संगठनहरूको जिल्ला नेतृत्वमा प्रदर्शन गर्ने तयारी रहेको अखिल(क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

‘पानी परिरहेकाले मौसम अनुकुलतालाई ध्यान दिँदै बिहान ११ बजेपछिको समयमा देशभर प्रदर्शनको तयारी रहेको छ,’ प्रवक्ता मैनालीले भने, ‘प्रदर्शनमा प्रतिगमनविरुद्धको पुत्ला जलाउने, प्लेकार्ड प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरू रहेको छ ।’

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमालेका माधव नेपाल पक्षका तर्फबाट सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहने छन् । उनीहरूले गत १४ गते देशभर प्रदर्शन गर्ने विज्ञप्तिमा जनाएका थिए ।

प्रतिक्रिया