शुक्रबार, वैशाख १४, २०८१

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

मेरोन्यूज २०७८ असार १६ गते ११:०९

काठमाडौँ । आज नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने भएको छ । बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने तयारी गरेको छ ।

आयोजक कमिटी नेता माधव नेपाल–झलनाथ खनाल पक्षले माग गर्दै आएको कमिटीमा रुपान्तरण हुने भएको हो । सोअनुरूप एमाले विं.सं. २०७५ जेठ २ गतेको संरचनामा फर्किने छ ।

मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज महाधिवेशन आयोजक कमिटी बैठक बस्ने बताएका थिए । यस्तै, उनले कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया