शुक्रबार, वैशाख १४, २०८१

निधि र पौडेलबीच छलफल सकियो

मेरोन्यूज २०७८ असार १६ गते ११:००


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर समुहका नेता विमलेन्द्र निधि बोहोराटारस्थित वरिष्ठ नेता रामचन्द्र पौडेल निवास पुगेका छन् । निधि र पौडेलबीच अहिले माधिवेशन केन्द्रित भन्दा पनि क्रियाशिल सदस्य समायोजनका बीचमा छलफल भएको पौडेलका स्वकिय चिरञ्जिबी अधिकारीले बताए ।

उनले भने,“ समायोजनका विषयमा छलफल गरेर उपभापतिज्यु गइसक्नु भयो ।” छलफल करिब आधा घण्टाको भएको थियो । नेपाली कांग्रेसको १४ औँ माधिवेशन नजिकै गर्दा सभापतिका आाकंक्षीहरुको भेटघात निकै बाक्लो हुन थालेको देखिन्छ । माधिवेशनको मिति तोकिसक्दा पनि कांग्रेसको क्रियाशिल सदस्यको लफडा यथार्वत नै रहेको छ । माधिवेशन भदौ १६ दखि १९ गते काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया