शुक्रबार, चैत १६, २०८०

जसपाको ठाकुर-महतो पक्षको बैठक आज

मेरोन्यूज २०७८ असार १६ गते ८:३६

काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन आयोगसँग जोडिएको विवाद तथा समूहभित्रैको असन्तुष्टिका विषयमा छलफल हुने छ ।

जसपाकै वैधानिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ । वैधानिकता विवादका सन्दर्भमा आयोगले जसपाका दुवै पक्ष (ठाकुर- महतो तथा उपेन्द्र यादव) लाई असार २२ मा बोलाएको छ ।

८ असारको सर्वोच्च अदालतको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि भुसको आगोझैँ थियो । अहिले बाहिर नै प्रकट भइरहेको छ ।

प्रतिक्रिया