शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल : आषाढ १६ गते बुधबार

मेरोन्यूज २०७८ असार १६ गते ६:२५

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १६ गते बुधबार, आषाढ कृष्णपक्षको षष्ठी तिथि । अब लागौं आजको राशिफलतर्फ ।

मेष
प्रभावकारी बोली हुने छ । पेशागत जीवनमा राम्रो नतिजाहरु आउने छन् । समय सकारात्मक देखिन्छ । नोकरी तथा व्यापारमा रहेकाहरुलाई लाभ मिल्ने छ । रियलस्टेटसँग सम्बन्धि व्यवसाय गर्नेहरुको हकमा भने समय अझै प्रतिकुल नै रहने छ ।

वृष
भाग्यले साथ दिएको छ । पेशागत क्षेत्र सकारात्मक हुने छ । तर बोलीमा भने कटुताको मात्रा बढि हुने भएकाले यस विषयमा ध्यान दिनु होला । ठेक्कापट्टा, निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । पारीवारिक जीवनमा द्वन्दको सामना गर्नु पर्ने छ ।

मिथुन
दृढ खालेको व्यक्तित्व हुने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा भने झैझगडाको अवस्था देखा पर्ने छ । भाग्यको साथ नरहेकाले कार्यसफलता कम हुन जाँदा मनमा निराशा देखा पर्ने हुँदा निराश नभई कर्मको मात्रालाई निरन्तरता दिने प्रयास गर्नु होला ।

कर्कट
मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । दुविधाग्रस्त व्यक्तित्व हुने छ । अरुले हेर्दा र आफूलाई पनि मनोबल कमजोर भएको महशुस लाग्ने छ । साझेदारीमा गरिएका कामबाट भने राम्रो नतिजा प्राप्त हुने छ ।

सिंह
राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही फाइदा मिल्ने छ, अरुको पेशाका हकमा समय औसत रहेको छ । आम्दानी गर्नु पर्छ है भन्ने स्वाभावमा बढोत्तरी हुने छ । सुख सुविधा भोग गर्दै आएका क्षेत्रहरु गुमाउनु पर्ने छ । होटल, रेष्टुरेण्ट, घर घडेरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।

कन्या
पेशागत पक्ष सकारात्मक रहन्छ तर प्रतिष्पर्धीहरुसँग बढि मात्रामा जुध्नका लागि समय खर्च गर्नु पर्ने हुने छ । मनमा दुविधाका क्षणहरु धेरै आउने छन् । आम्दानीमा कमि आउँदा पारीवारिक दबाब उत्पन्न हुन जाने छ । अध्ययन अध्यापनमा केही तिब्रता आउने छ ।

तुला
समय धैर्य भएर चल्नु पर्ने खालको छ । चतुरताको अभाव हुने छ । पेशागत जीवनमा उतार चढाव आउने भएकाले धैर्य भएर पाइला चाल्नु होला । कार्यालय तथा व्यापारीक क्षेत्रमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले यसबारेमा सतर्क भई चल्नु राम्रो हुने छ ।

वृश्चिक
भाग्यको साथ नरहेकाले काम गर्ने तर पनि अपजस खेप्नु पर्ने परिस्थिति आउने छ । मनमा निराशाका विचारहरुले सताउने छ । पेशागत जीवनमा उतार चढावको अवस्था देखा पर्ने भएकाले सतर्क भएर कदम चाल्नु होला । समय सतर्क हुनु पर्ने खालको छ ।

धनु
जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । मनोबलको कमि हुन जाँदा दृढताको अभाव हुँदा व्यक्तित्व लुलो बन्न जाने छ । शारीरिक कमजोरीले पनि सताउने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता मिल्ने छ ।

मकर
धन सम्पत्तिको अभिबृद्धि हुने छ । व्यक्तित्वमा दृढता बढ्ने छ, त्यसैले कसैले हेप्न सक्ने छैनन् । तर रिस बढि हुने भएकाले यसबारेमा गम्भीर ध्यान दिनुहोला । पेशागत जीवन औसत खालेको हुने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द बढ्न पुग्ने छ ।

कुम्भ
अनावश्यक स्थानमा झैझगडाबाट गुज्रनु पर्ने भएकाले सतर्क रहनु होला । बौद्धिक व्यक्तित्व बन्ने हुँदा मान सम्मान र आदर पाइने छ । व्यक्तित्वमा निखारता आउने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाईला चाल्नु होला ।

मीन
आम्दानीमा केही मात्रामा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । यसले गर्दा व्यक्तित्वमा कमि आउने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भइ हाल्ने समय रहेको देखिँदैन् । रोजगारीमा रहेकाहरुको हकमा औसत समय रहेको छ ।

प्रतिक्रिया