शुक्रबार, वैशाख ७, २०८१

कुटेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ असार १५ गते १६:२८

बर्दिया । जिल्लाको मधुवन नगरपालिका ४ बादरभरियाका ३८ वर्षीय लक्षिराम थारूलाई कुटेर हत्या गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै श्रीमती ३८ वर्षीय सीता थारू र छोरा १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएको खबर पाएसँगै इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया