शुक्रबार, वैशाख ७, २०८१

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिना जेलसजाय

मेरोन्यूज २०७८ असार १५ गते १५:२५

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमालाई १५ महिना जेल सजाया सुनाईएको छ । अदालतको अपहेलना गरेको अभियोगमा उनलाई जेल सजाया सुनाइएको विविसले जनाएको छ ।

संवैधानिक अदालतले उनलाई राष्ट्रपति भएको बेला भ्रष्टाचार सम्बन्धी छानबिनमा उपस्थित हुन भनेपनि अदालतको आदेशलाई अस्वीकार गरेपछि उनी माथी अपहेलनामा दोषी करार गदै यो जेल सजायाको निर्णय अदालतले सुनाएको हो ।

जुमाको शासन जुन २०१८ मा समाप्त भएको थियो ।

अदालतले अपहेलनामा उनलाई १५ महिना जेल सजाया सुनाएपनि उनलाई पक्राउ गरिने या नगरिने भन्नेमा भने केही नखुलेको पनि विविसिले जनाएको छ ।

प्रतिक्रिया