बुधबार, वैशाख १२, २०८१

सिंह निवास चाक्सीबारीमा लञ्च मिटिङ हुँदै

मेरोन्यूज २०७८ असार १५ गते १२:०३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह तेस्रो लञ्च मिटिङ हुने भएको छ । आज मंगलबार दिउँसो सिंह निवास चाक्सीबारीमा लञ्च मिटिङ हुने भएको हो ।

यसअघि गत शुक्रबार निधि निवासमा र सोमबार कोईराला निवासमा लञ्च मिटिङ भएको थियो । आसन्न महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका उनीहरूबीच सहमतिमा नेतृत्व चयन गर्ने गरी छलफल जारी राखेका हुन् ।

निधि, कोइराला र सिंहबीच निरन्तर भइरहेको छ । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायण निधि र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् ।

पार्टीमा पारिवारिक विरासत फर्काउने प्रयासमा रहेका उनीहरूको छलफलले आगामी महाधिवेशनमा नयाँ समीकरण बन्ने आधारका रुपमा लिएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया