शुक्रबार, चैत १६, २०८०

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक भाेलि बस्ने

मेरोन्यूज २०७८ असार १५ गते ११:१७

काठमाडौं । नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी गराएका छन् ।

बुधबार बस्ने एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने जनाइएको छ ।

सर्वोच्च अदालतले आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक आह्वान गर्न लागिएको एमालेले जनाएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुने छन् ।

Advertisement

प्रतिक्रिया