शनिबार, वैशाख १५, २०८१

आजको राशिफलः आषाढ १५ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ असार १५ गते ६:०९

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १५ गते मंगलबार, आषाढ कृष्णपक्षको पञ्चमी तिथि । आज दहिच्युरा खाने दिन रहेको छ । त्यसैगरी आज राष्ट्रिय धान दिवस रहेको छ । अब लागौं आजको राशिफलतर्फ

मेष
बोलीको प्रभाव बढ्ने छ । पेशागत जीवन सकारात्मक रहने छ । रोजगारी तथा व्यापार दुबै क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक बन्ने देखिन्छ । घर जग्गाको कारोवारमा सहभागिहरुलाई भने समय चुनौतिपूर्ण रहेको छ ।

वृष
भाग्य बलियो रहने छ । पेशागत जीवन सकारात्मक बन्न पुग्ने छ । बोलीमा कडापना देखा पर्न जाँदा पारीवारिक जीवनमा कटुता उत्पन्न हुन जाने छ । निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ ।

मिथुन
दृढ प्रकारको व्यक्तित्व देखा पर्ने छ । पारीवारिक जीवनमा द्वन्द र कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । भाग्यहिनताको महशुुस हुने हुँदा कामहरु ढिला गरि मात्र अघि बढ्ने छन् ।

कर्कट
मनमा उदासिनता आउने हुँदा खिन्नताको आभाष हुन जाने छ । कमजोर मनोबल भएको व्यक्तित्व हुन जाने छ । यसले गर्दा दुविधात्मक स्वाभावमा अत्याधिक बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने फाइदा मिल्ने छ ।

सिंह
आम्दानी गर्नु पर्दछ भन्ने स्वाभावमा भने तिब्रता देखा पर्ने छ । सुख सुविधाका क्षेत्रहरु गुम्न पुग्ने छन् । घर घडेरी तथा होटल रेष्टुरेण्ट क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल देखिन्छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई भने थोरै मात्रामा फाइदा हुन पुग्ने छ ।

कन्या
समय धैर्य भएर पाइला चाल्नु पर्ने खालको छ । आम्दानीमा गिरावट आउने छ । पेशागत जीवनमा समय ठिक नै रहेता पनि प्रतिष्पर्धीसँग बढि नै जुध्नु पर्ने हुन जान्छ । अध्ययन अध्यापनमा मन लाग्ने छ । मनमा दुविधाले सताउने छ ।

तुला
पेशागत जीवनमा अस्वाभाविक द्वन्दको सामना गर्नु पर्ने छ । कार्यालय तथा व्यापारमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले समयदेखि नै यस्ता विषयमा सतर्क भएकै राम्रो । समयमा बुद्धि आउने छैन्, जसले गर्दा आवश्यक ठाउँमा आवश्यक कदम लिन अन्योल हुने छ ।

वृश्चिक
मनमा निराशाका विचार बढि मात्रामा आउने छन् । भाग्यको साथ नरहेकाले अपजसको अवस्था खेप्नु पर्ने हुन सक्छ । पेशागत जीवनमा उतार चढावको अवस्था आउने भएकाले सतर्क भएर कदम चाल्नु होला । समय सतर्क हुनु पर्ने खालको छ ।

धनु
मनोबलको पनि कमि हुन जाँदा दृढताको अभाव हुने व्यक्तित्व बन्ने छ । शारीरिक कमजोरीले सताउने छ । साझेदारीमा गरिएका काममा भने सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा कार्य सफलता प्राप्त हुने छ ।

मकर
दृढताले भरिएको व्यक्तित्व हुने छ । रिस भने नियन्त्रण गर्न ध्यान दिनुहोला । पेशागत जीवन औसत बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । धन सम्पत्तिको अभिबृद्धि हुन जाने छ ।

कुम्भ
बौद्धिक खालको व्यक्तित्व बन्ने छ । सबैले मान सम्मान र आदर गर्ने छन् । व्यक्तित्वमा निखार आउने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । अनावश्यक स्थानमा झैझगडामा संलग्न हुनु पर्ने अवस्था आउने छ ।

मीन
आम्दानीमा भने केही बृद्धि हुने छ । व्यक्तित्वमा भने कमजोरीहरु देखा पर्न जाने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने अवस्था आउने छ । व्यापारका क्षेत्रमा रहेका हरुको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् । अध्ययन अध्यापनमा अवरोधहरु देखिने छन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया