शनिबार, वैशाख ८, २०८१

डिआइजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

मेरोन्यूज २०७८ असार १४ गते २१:१९

काठमाडाैैं । गृह मन्त्रालयले नेपाल प्रहरीका डिआइजी सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गर्न सिफारिश गरेकाे छ । बढुवा समितिकाे सचिवालयले आज बढुवा सिफारिशकाे सूची निकालेकाे हाे ।

यसअघि मन्त्रिपरिषद्ले एउटा एआइजीको पद थप गर्ने निर्णय गरेको थियो । सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हाे ।

थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । थापाकाे एआईजीमा बढुवा भएसँगै भावी आइजिपीका लागि विश्वराज पाेखरेल र उनीबीच प्रतिस्पर्धा हुनेछ । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउँदैछन् ।

प्रतिक्रिया