शुक्रबार, वैशाख १४, २०८१

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला नियुक्त

मेरोन्यूज २०७८ असार १४ गते २०:५४

पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

पोखराका बाFस्तोला २५ वर्षदेखि कानून व्यवसायका क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्षसमेत हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार रहने व्यवस्था छ ।

प्रतिक्रिया