शुक्रबार, वैशाख १४, २०८१

मन्त्री श्रेष्ठ र राष्ट्र संघका समन्वयक न्यान्टीबीच भेट

मेरोन्यूज २०७८ असार १४ गते १६:०८

काठमाडौँ । कानून,न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र संयुक्त राष्ट्र संघका आवासीय समन्वयक सारा बेयस्लो न्यान्टीबीच भेट वार्ता भएको छ । भेटमा फाष्ट ट्राक (तराई मधेश द्रुत मार्ग) निर्माणका क्रममा बुङमति र खोकना क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक महत्त्वका क्षेत्रलाई कसरी संरक्षण गर्न भन्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

भेटमा मन्त्री श्रेष्ठले नेपालमा फैलिएको कोरोना भाइरस (कोाभिड-१९) नियन्त्रण गर्न सहयोग गरी खोप पठाउन आग्रह गरेका थिए । उनको आग्रहपछि राष्ट्र संघकी समन्वयक न्यान्टीले नेपालमा खोप पठाउन पहल गर्ने बताएकी थिइन् ।

यस्तै, भेटमा मन्त्री श्रेष्ठले न्यान्टीसँग संक्रमण कालीन न्यायको सन्दर्भमा नेपाल सहभागी भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौताको प्रावधानलाई अनुसरण गरी सरोकारवाला पक्षहरूको बृहत्तर हित हुने गरी पीडित पक्षलाई न्याय दिलाउने कुरामा नेपाल सरकार प्रतिबद्ध रहेको बताए । यस क्रममा उनले बेपत्ता पारिएको व्यक्तिको छानविन तथा, सत्य निरुपण मेलमिलाप आयोग ऐनको आवश्यक संशोधनसमेत गर्न सरकार तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया