बुधबार, वैशाख १२, २०८१

लामो समयपछि शेयर बजारमा हरियो

मेरोन्यूज २०७८ असार १४ गते १५:५८

काठमाडौं । आगामी मौद्रिक नीतिले सेयर बजारलाई कन्ट्रोल गर्ने हल्ला फैल्याएर मार्केट घटाउने खेल चलिरहेको छ । केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीति बजारमैत्री नहुने हल्ला चलाएर बजार घटाउने काम भएको शेयर लगानीकर्ताहरुले जनाएका छन् ।

मौद्रिक नीतिले बजार बढ्नलाई सहयोग पुर्याएपछि आउने मौद्रिक नीति बजारलाई प्रभावित बनाउने आँकलन हुन थालेपछि असर शेयर बजारमा परेको हो ।

पछिल्लो केही दिनयता सेयर बजारमाथि विभिन्न निकायबाट प्रहार भइरहेको छ । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाले पछि ओरालो लागेको बजार अहिलेसम्म सन्तुलनमा आइसकेको छैन् ।

केन्द्रीय बैंकले मौद्रिकको तयारी गरिरहेको छ । मौद्रिक नीतिले बजारलाई कुन दिशातर्फ लैजान्छ भन्ने अन्योलता कायमै छ । त्यही भएर पनि बजार अघि बढ्न सकेको छैन् । केही लगानीकर्ताले आफूसँग भएको सम्पूर्ण सेयर बेचेर मौद्रिक नीतिले बजारलाई कडाइ गर्ने र नेप्से घट्ने बताइरहेको छन् । त्यसैको असर बजारमा परिरहेको छ ।

खासगरी, मार्जिक कर्जाको सीमा घटाउने, ब्याजदर बढ्ने तथा सेयर बजारमा हुने लगानीलाई कडाइ गर्ने अफवाह फैलिएपछि बजार घटेको हो । यद्यपि, बजार घटाउने र बढाउनेबीच ठूलै रस्साकस्सी बढेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज ५ दशमलब ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलब ४९ बिन्दूमा पुगेको छ । यसदिन ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ करोड ९२ लाख कित्ता सेयर किनबेच भएको छ ।

अहिले जलविद्युत् समूहको सेयर मूल्यमा भारी अंकले छ । यसदिन विकास बैंक, जलविद्युत्, ट्रेडिङ, फाइनान्स, निर्जीवन बिमा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया