शनिबार, वैशाख १५, २०८१

एटिएम तोडफोड गर्ने २ जना पक्राउ

मेरोन्यूज २०७८ असार १४ गते १५:५४


काठमाडौं । मोरङ् जिल्लाको बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले आईतबार राती २ जनालाई पक्राउ गरेको छ ।

सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले सुनसरी दुहबि नगरपालिका-९ घर भएका बुढीगंगा गाउँपालिका ३ बस्ने २४ वर्षीय ईम्तियाज र २५ वर्षीय अनिष हुसेनलाई पक्राउ गरेको हो ।

विषेश सु्चनाको आधारमा उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाकारी दिएको छ ।

प्रतिक्रिया