शुक्रबार, वैशाख १४, २०८१

भारतमा २४ घण्टामा कोरोनाबाट एक हजारभन्दा कमको मृत्यु

मेरोन्यूज २०७८ असार १४ गते १३:५८

भारत । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना संक्रमण भएपछि कोरोना संक्रमितको कूल संख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।

यसै अवधीका भारतमा कोरोना संक्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब दुई महिना आधायता २४ घण्टाको समयावधिमा भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना संक्रमणबाट मृत्यु भएको जुन २८ मा पहिलो पटक हो ।

गत अप्रिल १४ मा भारतका कोरोना संक्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । हाल भारतमा पाँच लाख ७२ हजार ९९४ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५७८ व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् । रासस

प्रतिक्रिया