शुक्रबार, चैत १६, २०८०

बहुला कुकुरले टोकेको छ र ? माधवलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न : प्रधानमन्त्री ओली

मेरोन्यूज २०७८ असार १४ गते १३:२९

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराखेको बताएका छन् । मदन भण्डारीको ७० औँ जयन्तीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

केही दिनअघि गठबन्धनको बैठकमा बोल्दै नेता नेपालले आफूलाई ओलीले प्रधानमन्त्रीको प्रस्ताव राखेको बताएका थिए । यसको जवाफमा ओलीले आफूलाई बहुला कुकुरले नटोकेकाले उनलाई कुनै प्रस्ताव नराखेको बताए ।

‘मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेँ रे,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र, माधव नेपाललाई प्रधानमन्त्री बनाउन ?’

यस्तै, उनले माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागी परेको बताए । यसैगरी उनले माधव नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’का मामुली कार्यकर्ता मात्रै भएकाे बताएका थिए ।

Advertisement

प्रतिक्रिया