बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिम प्रदेशको बजेट पारित

मेरोन्यूज २०७८ असार १४ गते १२:२१

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ३० अर्ब ३३ करोडको बजेट विनियोजन गरेका थिए । उक्त बजेट सोमबार बसेको प्रदेश सभा बैठकमा पारित भएको हो ।

बजेट पारित हुनुभन्दा अगाडि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले मन्त्रालयका बारेमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । मन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गर्न प्रस्ताव गर्दा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले विरोध गरेका थिए ।

उनीहरुले हुन्न भनेपछि सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको थियो । आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक सर्व सम्मत पारित भएको हो । विधेयक पारित गर्न सभामुखले निर्माणार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा मौन बसेका थिए ।

प्रतिक्रिया