शुक्रबार, चैत १६, २०८०

संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस सुरु, महान्यायाधीवक्तालाई दिइयो ३ घण्टा

मेरोन्यूज २०७८ असार १४ गते १२:०५

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा विपक्षीतर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । उनलाई बहस गर्न तीन घण्टा समय दिइएको छ ।

संवैधानिक इजलासमा हिजो आइतबार रिट निवेदक पक्षबाट बहस सकिएको थियो । आजदेखि विपक्षी पक्षका वकिल तथा कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका तर्फबाट बहस गर्न १५ घण्टाको समय निर्धारण गरिएको छ ।

विपक्षी पक्षको बहस सकिएसँगै निवेदक पक्षले थप ३ घण्टा जवाफी बहस गर्न पाउने छ । जवाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरूले आफ्नो राय दिने छन् । अन्तमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने छ ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । सोही कदमलाई लिएर गत असार ९ गतेदेखि निरन्तर बहस भइरहेको छ ।

Advertisement

प्रतिक्रिया