शुक्रबार, चैत १६, २०८०

आजको राशिफलः आषाढ १४ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ असार १४ गते ६:०६

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १४ गते सोमबार, आषाढ कृष्णपक्षको चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
मनमा नकारात्मक विचारको स्थानमा सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । पेशागत जीवन धेरै नकारात्मक नभएता पनि भविष्यप्रतिको चिन्ताले बढि सताउने छ । तरल पदार्थसँग सम्बन्धि व्यवसाय चिसो पेय पदार्थ, पानी, आइसक्रिम, दुग्ध पदार्थ, मदिरा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय चुनौतिपूण रहेको छ ।

वृष
पेशागत जीवनको क्षेत्र भने सकारात्मक रहने छ । भाग्यको साथ कम रहने छ । रिसको मात्रा बढि देखिने भएका कारण यसमा नियन्त्रण गर्न ध्यान दिनु होला । निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र, हार्डवेयर जस्ता क्षेत्रमा आवद्धहरुलाई समय सकारात्मक रहने छ ।

मिथुन
मनमा उदासिनताको मात्रा धेरै हुने हुँदा निराशावादी चिन्तनले थिच्न पुग्ने छ । यसका बाबजुद पनि व्यक्तित्वमा भने केही दृढता नै देखिने छ । पारीवारिक जीवनमा तनाव उत्पन्न हुन जाने भएकाले विचार पुर्याउनु होला । पर्यटन क्षेत्र, आयात निर्यात जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल रहने छ ।

कर्कट
पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । सुरक्षा निकाय, होटल, रेष्टुरेण्ट, खेल जगत जस्ता क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । संयमित भएर पाइला चल्नु पर्ने समय छ ।

Advertisement

सिंह
पेशागत जीवन सकारात्मक दिशामा रहने छ भने आम्दानीमा पनि केही बृद्धि नै हुने छ । साझेदारीमा गरिएका काममा समस्या उत्पन्न हुन जाने छ । किराना पसल, वकालत, राजनीति, व्यवस्थापन, शिक्षा क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ । निर्णय प्रकृयामा भने ढिला सुस्ति हुने छ ।

कन्या
भाग्यको साथ रहेकाले चालिएका कदम सफलतातर्फ अघि बढ्ने छ । शिक्षण, शिक्षा क्षेत्र, अध्यापन, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई अनुकुल रहने छ । आम्दानीमा भने कमि आउने छ । यसले भित्रि मनको दृढतामा भारी मात्रामा कमि ल्याई दिने छ ।

तुला
रोजगारी अर्थात जागिरमा रहेकाहरुको हकमा धेरै नकारात्मक अवस्था नदेखिएता पनि व्यापारमा रहेकाहरुको हकमा चुनौतिपूर्ण हुने छ । पेशागत जीवनमा समस्याहरु आउँदा अस्थिर बन्न पुग्ने छ । भाग्यको साथ नरहेकाले कार्य सफलता प्राप्त हुने छैन् । धेरै जोखिमपूर्ण पेशामा रहेकाहरुले विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय छ ।

वृश्चिक
भाग्यको साथको अभाव रहेकाले कार्य सफलतामा बाधा धेरै उत्पन्न हुन जाने छ । मेहनत अनुसारको फल प्राप्त हुने छैन् जसले मनमा निराशा उत्पन्न गराई दिने छ । ठेक्कापट्टा, राजनीति, ट्राभल्स एजेन्सी, पर्यटन, किराना पसल आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।

धनु
कमजोर मनोबल भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्न खोज्ने छन् । शारीरिक रुपमा शिथिलता देखा पर्दा कार्य क्षमतामा गिरावट ल्याई दिने छ । पित्त तथा रगत सम्बन्धि समस्याले च्याप्ने हुँदा सतर्क रहनु होला । शारीरिक रुपमा मेहनत र परिश्रम गर्नु पर्ने क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल रहने छ ।

मकर
मनमा दृढता बढ्ने छ । तर रिसको कात्रा पनि अत्याधिक धेरै हुने भएकाले यसबारेमा ध्यान दिनु होला । साझेदारीमा गरिएका काममा फुट आउने छ । त्यसकारण यस विषयमा सतर्क रहनु नै बुद्धिमानी हुने छ । पेशागत तथा व्यावसायिक जीवनको गति सहज रुपमा अघि बढ्न सक्ने छैन् ।

कुम्भ
मनमा उदासिनता धेरै आउने छ । धैर्य भएर सकारात्मक सोचका साथ अघि बढ्नेतर्फ केन्द्रीत हुँदा उपयुक्त हुने छ । पेशागत जीवनमा पनि उतारचढाव देखा पर्न जाने छ । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । जीवनसाथिको सल्लाह अनुसार पाईला चालमा केही कार्यमा सफलता मिल्ने छ ।

मीन
आम्दानीमा केही बृद्धि हुन पुग्ने हुँदा जीवनमा केही राहत दिने छ । आन्तरिक चतुर्‍याईको मात्रामा शिथिलता आउँदा आफैप्रति विश्वासहिनताको अवस्था आउने छ । भाग्यहिनताको आभाषले निम्त्याउने शिथिलताका बीच पनि कर्मशिलतालाई नछाड्नु होला । पेशागत जीवनमा सतर्कताको आवश्यकता देखिन्छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया