बिहीबार, वैशाख १३, २०८१

एमाले नेता वेदुराम भुषालद्वारा पार्टी परित्याग

आगामी दिनमा राष्ट्रियसभामा स्वतन्त्र सदस्यका रुपमा रहन चाहन्छु

मेरोन्यूज २०७८ असार १३ गते २२:००

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले पार्टी परित्याग गरी स्वतन्त्र सांसदको रुपमा रहने घोषणा सहितको पत्र संसद सचिवालयमा पठाएका छन् । उनले पत्रमा आफू स्वतन्त्र राष्ट्रिय सदस्यको हैसियतमा रहन चाहेको संसद सचिवालयलाई जानकारी गराएका छन् ।

आइतबार उनले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख गरिएको छ ।

‘सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपाको क्एतालाइृ वदर गदै एमाले र माओवादी पूर्ववत पार्टीकै अवस्थामा ब्यूताईदिने निर्णय गरेको थियो । ‘सर्वाेच्च अदालतको फैसलाले नेकपा पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ । तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’ उनले पत्रमा भनेका छन् ।
उनले आफुले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिन उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया