बुधबार, वैशाख १२, २०८१

बारबर्दिया पूर्ण खोप सुनिश्चितता नगर

मेरोन्यूज २०७८ असार १३ गते २१:१७

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्माले एक कार्यक्रमबीच बारबर्दिया पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख शंकरप्रसाद थारुले पूर्ण खोप सुनिश्चिता गर्न सफल भएकोमा धन्यवाद दिए ।

पालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर)ले बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाको निरन्तर गरेको कार्यले सम्भव भएको बताए ।

प्रतिक्रिया