शुक्रबार, चैत १६, २०८०

क्रियाशील सदस्यता वितरण अधिवेशनअघि सकिन्छ : संयोजक लेखक

मेरोन्यूज २०७८ असार १३ गते २०:४७

काठमाडौँ । क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने क्रियाशील सदस्य छानबिन सदस्यका संयोजक रमेश लेखकले बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरू सम्मिलित बैठक कार्य तालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने गरी छलफलअघि बढेको संयोजक नेता लेखकले बताए ।

उनका अनुसार अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यताको नवीकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादले प्रभावित भएका जिल्लामा काम सुरु भएको छ ।

प्रतिक्रिया