शुक्रबार, वैशाख ७, २०८१

उपत्यकाको निषेधाज्ञा खुकुलो हुँदै, भोलि निर्णय हुने

मेरोन्यूज २०७८ असार १३ गते १८:२१

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न बसेको बैठक स्थगित भएको छ । आजको बैठकमा कुनै निर्णय हुन नसकेको हो । उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले त्यसबारे सोमबार निर्णय गर्ने भएका हुन् ।

आगामी निषेधाज्ञा कस्तो हुने भन्ने विषयमा उपत्यकाका ३ सिडिओहरू काठमाडौँका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौलाले छलफल गरेका हुन् ।

छलफलमा जारी मोडालिटी नै लागु गर्ने वा अर्को मोडल तयार गर्ने भन्ने विषयमा छलफल भएको काठमाडौँका सिडिओ पराजुलीले जानकारी दिए । अबको निषेधाज्ञामा सार्वजनिक यातायात खुलाउने सम्बन्धमा समेत छलफल भएको छ ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु हुँदै आएको छ । जारी निषेधाज्ञामा गत ८ गतेदेखि नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरी बारअनुसार पसल खुलाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया