शुक्रबार, चैत १६, २०८०

झण्डै २ हजार जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

मेरोन्यूज २०७८ असार १३ गते १६:५४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १९२० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, सोही अवधिमा ३४ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये काठमाडौँ जिल्लामा २९२, ललितपुरमा सय र भक्तपुरमा ३२ जना रहेका छन् । सोही अवधिमा ३ हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया