बुधबार, वैशाख १२, २०८१

बेलायतले भारतीय महाद्विपमा चियाको लत किन बसाल्यो ?

कैरल लोबो २०७८ असार १३ गते १७:३२

हामी त्यसलाई जहाँ पनि पिउछौँ, चाहे घरमा हुँदा होस् वा कार्यालयमा हुँदा । साथीभाइसँग भेट्दा होस् अथवा कतै यात्रा गर्दा । हामीले यो मान्नु पर्छ कि हामी त्योबिना बाँच्न सक्दैनौँ । यसले हामीमा ताजगीपन ल्याउँछ । हामीलाई आनन्दित बनाउँछ । र, आवश्यक परे उर्जा प्रदान गर्छ ।

यदि, तपाईहरूले के विषयमा कुरा हुँदैछ भन्ने अझै पत्ता लगाउनु भएको छैन होला । अब, तपाईहरूलाई बताऊ, यहाँ सबै मौसमका पिय प्रदार्थ चियाको कुरा हुँदै छ । त्यसमा पनि चिया भन्नासाथ जो कसैलाई ‘कटिङ चिया’को याद आएको हुनु पर्छ ।

चियाको संस्कृति भारतीय महाद्विपको संस्कृति होइन । पछिल्लो समय भारतीय महाद्विपमा चिया संस्कृतिको विकास भएको छ । तर, यो पिय पर्दाथसँग भारतलाई बेलायतले करिब २ सय वर्षअघि परिचय गराएको हो ।

यस्तो किन गरियो ?

त्यसबेला भारत बेलायतको ‘इष्ट इण्डिया’ कम्पनीले अधिनमा थियो । उनीहरूले भारतलाई चिया पिउने देश बनाएका हुन् । भारतमा चिया बेचेर हुने फाइदा बेलायतीले आफ्नो देशमा लैजान थाले । उनीहरूले चिया बेचर राम्रो आम्दानी गरेका थिए । फाइदा मात्रै कमाउन चाहने इष्ट इण्डिया कम्पनीले चियाको व्यापारबाट राम्रो आम्दानी गरेका थिए ।

चियासँग सम्बन्धी कथा यति सहज र सीधा रेखामा हिडेको भने छैन । योसँगै अर्को लतको विषय पनि जोडिएको छ ।

चियासम्बन्धी सम्पूर्ण कथा १८ औँ शताब्दीबाट शुरु हुन्छ । त्यसबेला बेलायतले चीनबाट प्रचुर मात्रामा चिया खरिद गथ्र्यो । अत्याधिक चिया पिउने बानीले बेलायतीको अर्थतन्त्र रित्तिन थाल्यो ।

जब, बेलायत चिया खरिद गर्न नसक्ने अवस्थामा पुग्यो । उनीहरूले चलाख योजना बनाए । उनीहरू आफ्नो दुहुनो गाई–भारततर्फ मोडिए । भारतीय उप–महाद्विपमा उत्पादन हुने अफिम बेलायतले चीनलाई बेच्न थाल्यो । यसरी आर्जन गरिएको पैसाले उनीहरूले आफ्नो चिया पिउने आदतलाई जीवित राखे ।

बेलायतले चीनलाई अफिमको आदतमा पारेर धेरै पैसा आर्जन गर्यो । यहाँसम्म कि चिनियाँहरू अफिमको लतमा परे । बेलायतीहरूका लागि यो आरामदायी मुआब्जा थियो । तर, यो लामो समय रहेन ।

सन् १८३९ मा पहिलो अफिम युद्ध शुरु भयो । त्यसपछि चीनले सम्पूर्ण हिसाबमा अफिम आयातलाई निषेध गर्यो । त्यस बखतसम्म लाखौँ लाख चिनियाँहरूमा अफिमको नाशा चढिसकेको थियो । यसले समाजिक समस्या उत्पन्न गर्न थालेको थियो ।

यता, अफिम खरिद गर्दा चिनियाँहरूको पैसा खर्च हुन थाल्यो । अफिम युद्धसँगै चीनले अफिम खरिदमा बन्देज लगायो । बेलायतीहरूमा चियाको बन्देज लाग्यो ।

चीनसँगको समस्यापछि चिया पिउने बेलायतीहरूको बानीमा धक्का लाग्यो । बेलायतले पहिलो अफिम युद्ध (१८३९–१८४२) जिते पनि चीनबाट आयात गर्ने चियामा भने बेलायतलाई धक्का लाग्यो । बेलायतीलाई चियाको चुस्कीबाट बन्देज लगाउनु सरकारका लागि सजिलो थिएन । त्यसपछि बेलायतीहरू भारततर्फ मोडिए ।

बेलायतीहरूले भारतमा खेती हुन थालेको चियाले चिनियाँ चियाको एकाधिकार तोडिने विश्वास लिए । भारतमा आफैले उत्पादन गरेको चियालाई बेलायत पुर्याउन थाले ।

बेलायतले भारतमा पहिलोपटक चिया खेती आसाम राज्यमा सन् १८३० को दशकबाट शुरु गरे । त्यसका लागि आवश्यक पर्ने बिउँ बिजन चीनबाट लुकाएर ल्याइएका थिए । उनीहरूले आफ्नै प्रकारको नयाँ प्रजातिको उत्पादनसमेत शुरु गरे । यसरी उत्पादन गरिएको चिया बेलायतदेखि अन्य युरोपियन देशमा नियात गर्न थालियो ।

यद्यपि, इष्ट इन्डिया कम्पनीलाई त्यसको धेरै हिस्सा चाहिन्थ्यो । यसरी उत्पादित चियाको केही हिस्सा भारतमै बिक्री गर्न शुरु गरेको अवस्थामा त्यसबाट धेरै फाइदा हुने उनीहरूले महशुस गरे । यसका लागि भारतीयहरूलाई चियाको लतमा लगाउनु थियो ।

यो मेकेभेलियन चालभन्दा केही फरक थिएन । भारतीयहरूमा चियाको लत बसाउन अभिप्रायले उनीहरूले धेरै व्यवस्थित रुपमा भित्री काम गरे । यसमा बेलायतीहरूले चलाख रणनीति अपनाएको पाइन्छ ।

भारतीयहरूमा लत बसाउन बेलायतीहरूले चियाको प्याकेट सित्तैमा बाँडेका थिए । । रेल स्टेशन र सिनेमा घरमा चिया पसल खोलेका थिए । यस्तै, घरमा काम गर्ने मानिसहरूलाई चिया पकाउने तरिका सिकाएका थिए ।

यसैगरी चियालाई सामूहिक रुपमा पिउने पिय पर्दाथका रुपमा विकास गरायो । यसको एउटा उद्देश्य भनेको चियाको धेरै ग्राहक बनाउनु थियो । भारत जस्तो ठूलो जनसंख्या भएको देशमा यस्तो योजना लागू गर्न सक्नु आफैमा जित थियो ।

सबैले किन्दैन थिए चिया

महात्मा गान्धी जस्ता नेताका लागि चिया विस्तारवादको एक प्रतीक थियो । यसलाई निर्मूल गर्नु पर्छ भन्ने उनको विचार थियो । विस्तारवादीको जित भयो र भारतीयहरू चियाको चङगुलमा फसे भन्ने उनको मूल्यांकन थियो ।

चिया संस्कृतिको विकास गरेर बेलायतीहरूले भारतीय अर्थतन्त्रमा एउटा तत्व थपिदिएका छन् ।

(कैरल लोबा भारतीय पत्रकार हुन् । लाइभ हिस्ट्री इण्डियामा ९ जुन २०२१ मा यो समाग्री प्रकाशित भएको थियो ।)

प्रतिक्रिया