शुक्रबार, चैत १६, २०८०

राज्यपक्षले ३ बुँदे सहमति कार्यान्वयन गरेन : नेकपा बिप्लब

मेरोन्यूज २०७८ असार १३ गते १५:११

काठमाडौँ । नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गईरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापुर्वक कार्यान्वयन नगरेको बताए ।

उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गरे । ३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उनले गरे । नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाण्डौले आईतबार संघीय राजधानी काठमाण्डौमा गरेको रक्तदान कार्यक्रममा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले राज्य आफुले गरेको सहमति प्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे ।

उनले भने “राष्ट्रिय राजनीतिमा निरासा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति राजनितिक व्यवस्थाप्रति अहिले मानिसहरु सन्तुष्ठ छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशिल सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवाद मार्फत नागरिकमा छाएको निरासालाई हल गर्ने र एकपटक नेपाली जनता आफैले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ तर दुर्रभाग्य हाम्रा ३ बुँदे सहमति , सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिपवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गईरहेकै छ तर राज्यले आफ्नो भूमिकालाई जसरी इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपथ्र्यो, ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएको अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी छन् । यो पाटोमा राज्यले आफुलाई समयमा नै इमान्दारीता पूर्वक उभ्याओस् । ”

नेकपा काठमाण्डौ जिल्ला कमिटीले आईतबार गरेको रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया