बिहीबार, वैशाख ६, २०८१

६० हजार रुपैयाँ घुस लिने प्रहरी नियन्त्रणमा

मेरोन्यूज २०७८ असार १३ गते १४:४४

काठमाडौँ । सुनसरी जिल्लाको इलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव नियन्त्रणमा परेका छन् । उनले आफ्नो कार्यालयमा परेको उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रण लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यादवलाई घुस रकमसहित गत चैत्र २६ गते अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनले ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही हुने आयोगले जनाएको छ । उनलाई आज आइतबार विशेष अदालत काठमाडौँमा उपस्थित गराई आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया