खुकुरी प्रहार गरी छोराद्वारा बाबुको हत्या
मेरोन्यूज
२०७८ असार १३ गते १३:१२

काठमाडौं । खोटाङमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मानिवासी २८ वर्षीय सुवर्ण राईले ७२ वर्षीय बाबु चन्द्रबहादुरको खुकुरी प्रहार गरी हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ्का अनुसार आज बिहान पौने ५ बजे छोरा सुवर्णले वृद्ध बाबु चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
बाबुको हत्या गरी फरार भएका सुवर्णलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । छोराले बाबुको हत्या गर्नुको खास कारण खुलेको छैन ।
घटनाबारे खोटाङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया