शुक्रबार, वैशाख ७, २०८१

एमाले स्थायी समिति बैठक शुरु, विधान अधिवेशन बारे छलफल

मेरोन्यूज २०७८ असार १३ गते १०:४१

काठमाडौं । सत्तासिन दल नेकपा एमालेको स्थायी समिति बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा स्थायी समिति बैठक वसिरहेको हो ।

बैठकले पार्टीको विधान महाधिवेशन बोलाउने विषयमा केन्द्रीत रहेर छलफल भईरहेको स्रोतले बताएको छ । विद्यान महाधिवशेनमा राष्टिय प्रतिनिधी परिषद्का सदस्यहरुको सहभागिता हुने वैधानिक ब्यवस्था छ ।

सोही अनुसार राष्टिय प्रतिनिधी परिषद्को सदस्य टुग्गो लगाउने विषयमा पनि आजको छलफल केन्द्रीत हुने नेताहरुको भनाई छ ।

त्यस्तै बैठकमा पार्टी एकता प्रयास, माधव नेपाल पक्षको रणनीति लगायतको विषयमा समक्षिा समेत हुने बताईएको छ ।

पार्टी नेता माधव नेपाल पक्षलाई विपक्षी गठवन्धनबाट छुटाउने र पार्टीभित्रको एकता जोगाउन अधिकतम प्रयास गर्ने गरी स्थायी समिति बैठक रोकेर बसेको ओली पक्षको तर्क थियो । तर नेपाल पक्षले अझै पनि विपक्षी गठवन्धनसँग कसिलो मोर्चाबन्दी गर्न थालेपछि अव के गर्ने रु भन्नेमा केन्द्रीत रहेर आजको स्थायी समिति बैठकमा छलफल हुन सक्ने नेताहरुको भनाई छ ।

ओलीले एकताका लागि आफु जेष्ठ ३ , २०७५ को पूर्व अवस्थामा फर्किन तयार रहेको र त्यसका लागि सर्वोच्च अदालतमा पार्टी नेताहरुले विपक्षी नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका थिए ।

तर नेपालले हस्ताक्षर फिर्तालाई अश्वीकार गदै आएको छ ।

कर्णाली प्रदेशका पूर्नवाहाली भएका सांसदहरु पार्टी निर्णय अटेर गदै अझै पनि माओवादी नेतृत्वको सरकारको सुरक्षा कवज बनेर वसिरहेको, सर्वोच्चले पार्टीले कारवाही गरेका सांसदको पर्नूवाहाली गरेको र तयसका लागि भ्याकेटमा समेत अदालतमा पुगेको अवस्थामा पनि पार्टी बैठकमा समिक्षा हुने बताईएको छ ।

प्रतिक्रिया