शुक्रबार, वैशाख १४, २०८१

इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

मेरोन्यूज २०७८ असार १३ गते ७:०१

काठमाडौं । इटाली युरो कपको क्‍वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै इटली क्‍वार्टरफाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

निर्धारित समयको पहिलो हाफमा अस्ट्रियामाथि निकै दबाब बनाएको इटालीले दोस्रो हाफमा दबाब सहनु परेको थियो ।

तर, सब्स्टिच्युट खेलाडीको निर्णायक प्रदर्शन प्रेरित इटालीले अतिरिक्त समयको पहिलो हाफमै दुई गोल थप्यो ।

इटालीका लागि ८४औं मिनेटमा डोमेनिको बेरार्डको स्थानमा मैदान प्रवेश गरेका फेडेरिको किएसाले अतिरिक्त समयको पाँचौं अर्थात् ९५औं मिनेटमा अज्जुरीको डेडलक तोडेका थिए ।

उनले लियोनार्दो सपिनाज्जोलाको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ६ मिनेट नबित्दै अर्का सब्स्टिच्युट खेलाडी माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

नियमित समयको ६७ औं मिनेटमा निकोलो बेरेलाको स्थानमा मैदान प्रवेश गरेका पेस्सिनाले फ्रान्सेस्को अक्रेबीको पासको सदुपयोग गर्दै अतरिक्त समयको इन्जुरी समयमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्‍वार्टरफाइनलको यात्रा तय गरेको छ । र, सेमिफाइनलका लागि इटालीले अव पोर्चुगल र बेल्जियम वीचको खेलको बिजयी टिमसाग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

प्रतिक्रिया